कोशी नाम बारे पहिचानवादी संस्थाको विरोध

कोशी नाम बारे पहिचानवादी संस्थाको विरोध

विराटनगर । छापामार शैलीमा कोशी प्रदेश नामकरण गरिएको भन्दै पहिचानवादी संस्थाले संयुक्तरुपमा विरोध जनाएका छन् । बिहीबार धनकुटाको चावटा संस्था किराँत राई यायोक्ख, किराँत याक्थुङ चुम्लङ, किराँत याक्खा छुम्मा जिल्ला कार्यसमिति र नेपाल आदीवासी जनजाति महासंघले विज्ञप्ती जारी गर्र्दै विरोध जनाएका हुन् ।

पञ्चायतीशैलीमा जबरजस्ती ढंगले ६ वटा प्रदेशमा शासक जातीय पहिचनामा आधारित कोशी नदीबाट कोशी प्रदेश घोषणा गर्नु नेपाली जनताको साझा नामको हवला दिएर शासक जातीय साम्प्रादायिक नाम राख्ने षडयन्त्र भएको प्रति असहमति रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रदेश १ को नामकरण किराँत, लिम्बूवान माग गर्दै आएको आफूहरुको मागलाई नजरअन्दाज गरिएको र पहिचान विरोधी कोशी छलफल नै नगराइ हतास र निरंकुशढंगले नामकरण गराइएकोमा प्रतिकार गर्दै आन्दोलनमा होमिन बाध्य बनेको समेत विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्