सुन्दरहरैँचामा बसको ठक्करबाट १ जनाको मृत्यु

<span class='c1'>सुन्दरहरैँचामा बसको ठक्करबाट</span> <span class='c2'>१ जनाको मृत्यु</span>

विराटनगर । मोरङको सुन्दरहरैँचामा नगरपालिका-१० स्थित राजमार्गमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

बिहीबार दिउँसो १२ बजे मे. १ ख २२८३ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०२-०४३ प ३२४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक सुन्दरहरैँचा-६ का ३५ बर्षीय थम प्रसाद कोईराला र मोटरसाईकल पछाडि सवार रहेका उनका ६० बर्षीय बुवा उमाकान्त कोईरालालाई उपचारको लागि न्युरो अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा उमाकान्त कोईरालाको मृत्यु भएको हो ।

ठक्कर दिने बस र चालक बेलबारी नगरपालिका-११ का नर बहादुर मगरलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिईको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्