विराटनगर । मोरङ र झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार दिउँसो विराटनगर-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा विराटनगर-६ का आयुफ अलीलाई ०.४५ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी झापाको मेचीनगर नगरपालिका-६ स्थितमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका अर्जुन धारा नगरपालिका-११ का ३६ बर्षीय सागर गिरीको साथबाट १ ग्राम ७ सय मिलिग्राम र मेचीनगर-६ कि २० बर्षीया सन्ध्या दर्जीको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद भए संगै नियन्त्रणमा लिएको हो ।
प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।