झापाबाट दुई हजार किलो अवैध सुपारीसहित सवारी साधन नियन्त्रणमा

<span class='c1'>झापाबाट दुई हजार किलो अवैध</span> <span class='c2'>सुपारीसहित सवारी साधन नियन्त्रणमा</span>

झापा । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट अवैध सुपारी बोकेको सवारी साधन सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-००२ च ५४३२ नम्वरको पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्दा भीसीटीएस लगायतको आवश्यक कागजपत्र नभएको दुई हजार किलोग्राम सुपाडी फेला परेकोले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको अवैध सुपारी र सवारी साधन तथा चालक दमक नगरपालिका-१ का मुकेश चौधरी समेतलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्