मोलुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट

मोलुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौँ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।

शुक्करबार म्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय, कमलपोखरीमा २२ लाख ६४ हजार ६५५ कित्ता शेयर बाँडफाँट गरिएको हो ।

सो सेयरका लागि १४ लाख २४ हजार ३५१ जना आवेदनहरूबाट १ करोड ५५ लाख ७९ हजार ८०० कित्ताको लागि आवेदन प्राप्त भएको थियो ।

आवेदन दिने आवेदकहरू मध्ये रित नपुगेका ७,००५ जना आवेदकहरूलाई बाँडफाँटमा समावेश नगरी बाँकी १४ लाख १७ हजार ३४६ जना आवेदकहरूलाई एउटै समूहमा राखेर २ लाख २६ हजार ४६५ जनालाई १० कित्ताका दरले २२ लाख ६४ हजार ६५० कित्ता बाँडफाँट गरिएको हो ।

बाँकी रहेको ५ कित्ता शेयर पुन २० कित्ता देखि ८,००० कित्ता माग गरी बाँडफाँटमा परेका ८,९६७ जना आवेदकहरूलाई एउटै समूहमा राखी ५ जनालाई १ कित्ताका दरले ५ कित्ता शेयर बाँडफाँट गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्