सुनसरीका तीन किसान पुरस्कृत

<span class='c1'>सुनसरीका तीन</span> <span class='c2'>किसान पुरस्कृत</span>

सुनसरी । सुनसरीका तीन किसान पुरस्कृत भएका छन् ।

आधुनिक उपकरण प्रयोग गरी कृषि कर्म गर्दै आएका उनीहरुलाई यहाँ आयोजित एक कार्यक्रममा पुरस्कृत गरिएको हो ।

इनरुवामा मकै उत्पादन गर्दै आएका हरिप्रसाद मेहता र केरा उत्पादन गर्ने पावर्ती मेहता तथा भोक्रहा नरसिंहका गोलभेँडा उत्पादन गर्ने किसान दाउद अन्सारी पुरस्कृत भएका हुन् । एकता किसान कृषि सहकारीले शुक्रबार आयोजना गरेको कृषि उत्पादन प्रदर्शनीमा तीनैजनालाई सम्मानित गरिएको थियो ।

सहकारी अध्यक्ष डा. सदानन्द साहका अनुसार आधुनिक कृषिजन्य उपकरण प्रयोग गरेर उत्पादन बढाएर कृषिमा आत्मनिर्भर भएका किसानलाई सम्मान गरिएको हो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्