काठमाडौँ । छतबाट लडेर गम्भीर घाइते भएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार नेपालको उपचारका क्रममा निधन भएको छ ।
आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको छ तलामाथिबाट खसी उनी घाइते भएका थिए।
लडेर गम्भीर घाइते भएका नेपाललाई माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि लगिए पनि बचाउन नसकिएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले जानकारी दिए ।
नेपाल नेकपा एकीकृत समाजवादीको इन्जिनियर विभागका प्रमुख समेत हुन् ।
शनिबार दिउँसो एक रेष्टुरेष्ट रहेको घरको छतबाट नेपाल खसेको अवस्थामा भेटिएका थिए ।