बिपिडब्लु लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

बिपिडब्लु लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौँ । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले जारी गरेको आईपीओमा आज बैंकिङ्ग कारोबार समयसम्म मात्र आवेदन दिन पाउने छ।

कम्पनीले फागुन १८ गतेदेखि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सर्बसाधारणको लागि आईपीओ जारी गरेको हो। संस्थाले जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँबराबरको आईपीओ सर्बसाधारणको लागि जारी गर्ने अनुमति प्राप्त गरेको छ। जसमा १० प्रतिशतले हुन आउने ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ।

संस्थाले बाँकी रहेको आईपीओ मध्ये ०.५ प्रतिशतले हुन आउने १ हजार ५०० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुत्याइएको छ। भने बाँकी ८० हजार ९५० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन्।

यस आईपीओमा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट्सले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने छन्। यस आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बार्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्