महिलामाथि हुने दुव्र्यवहार र हिंसा दुरुत्साहनलाई निरुत्साहन गर्नुपर्छ : अध्यक्ष ओली

<span class='c1'>महिलामाथि हुने दुव्र्यवहार र हिंसा दुरुत्साहनलाई</span> <span class='c2'>निरुत्साहन गर्नुपर्छ : अध्यक्ष ओली</span>

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिलामाथि हुने दुव्र्यवहार र हिंसा जस्ता दुरुत्साहनलाई निरुत्साहन गर्न समाजका सबै पक्षले सहकार्य गरी रचनात्मक रुपमा जनचेतना जगाउनु आवश्यक रहेको बताउनुभएको छ । एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले महिलामाथि दुव्र्यवहार, लैङ्गिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मूल गरी अपराधीलाई कडा कारबाही र पीडितलाई उचित क्षतिपूर्ति समेतको कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले अज्ञानता र कुरीतिको आड लिएर हुने खराब अभ्यासका कारण बोक्सी, छाउपडी, दाइजो, बालविवाह र जातीय विभेदजस्ता उत्पीडनकारी अवशेष कायमै रहेको उल्लेख गर्नुभयो । “समाजको न्यून चेतनाका कारण समाजमा महिला हिंसा र उत्पीडनका अवशेषहरु कायम छन् । कानुनी प्रबन्ध र राज्यको प्रयासले मात्र यस्ता उत्पीडनहरुलाई निमिट्यान्न पार्न सकिँदैन । त्यसका लागि सामाजिक जागरुकता आवश्यकता पर्दछ”, उहाँले सन्देशमा भन्नुभएको छ ।

उहाँले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुसरणीय रहँदै आएको भन्दै ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको बताउनुभयो । उहाँले देशको विकासका लागि जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीको समान सहभागिता अत्यन्त जरुरी रहेको सन्देशमा उल्लेख गर्नुभएको छ । “महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न तथा मूलतः शिक्षामा जोड दिँदै महिलाको सशक्तिकरण गर्ने अभियानमा सबै एक भएर लाग्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा म हार्दिक आह्वान गर्दछु”, सन्देशमा भन्नुभएको छ ।

अध्यक्ष ओलीले राजनीतिक अस्थिरतामार्फत मुलुकलाई दिशाहीन बनाउने र राष्ट्रको समृद्धि र जनताको सुखका लागि एमालेले अघि बढाएको अभियान कमजोर बनाउने दुष्प्रयास अहिले पनि जारी बताउनु भएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “अस्थिरताको अनुचित लाभ लिएर राष्ट्रिय स्वाधीनता र देशको सामथ्र्यलाई कमजोर बनाउने, अर्धतन्त्रलाई धराशयी बनाउने, विकास निर्माण ठप्प पार्ने र सामथ्र्यहीन राज्यको अवसर छोपेर सामाजिक उत्पीडन र विकृतिहरु बढाउने प्रवृत्तिमाथि हामीले विजय प्राप्त गर्नु आवश्यकता छ ।”

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्