नेता बस्नेत र काठमाडौँ महानगर प्रमुखका बालेनबीच भेटवार्ता

<span class='c1'>नेता बस्नेत र  काठमाडौँ</span> <span class='c2'>महानगर प्रमुखका बालेनबीच भेटवार्ता</span>

भक्तपुर । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहबीच भेटवार्ता भएको छ ।

आज भक्तपुरको गुण्डुस्थित नेता बस्नेत निवासमा भएको भेटवार्तामा महानगरप्रमुख बालेनले वर्तमान राष्ट्रिय राजनीतिदेखि विकासका विभिन्न १५ वटा विषयमा छलफल गर्दै यहाँको नमूना विकासका अवलोकनसमेत गर्नुभयो । नेता बस्नेत र महानगर प्रमुख बालेनबीच काठमाडौँ र भक्तपुरको विकासमा सहकार्य गर्नुका साथै विकासमा देखिएको समस्या समाधानमा दुवैले सहयोग गर्ने सहमति बनेको छ ।

नेता बस्नेतले भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनोहरा नदीको बहाव परिवर्तन भई भक्तपुरतर्फ नदी बगिरहेको अवस्थामा प्रशासनको सहकार्यमा समस्या समाधान गरी मनोहरा करिडोर निर्माण गरेको उल्लेख गर्दै यहाँका १५ घर सुकुम्वासीलाई क्षतिपूर्ति दिन नपाएकाले करिडोर निर्माण पूरा हुन नसकेको बताउनुभयो ।

स्मार्ट सिटी, भक्तपुरमा सुविधासम्पन्न ठूलो अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्न काठमाडौँ महानगरपालिका र सूर्यविनायक नगरपालिकालाई आर्थिक तथा भौतिकरूपमा सम्पन्न गराउन सहकार्यका गर्न नेता बस्नेतले राख्नुभएको प्रस्तावमा बालेनले त्यस्ता कार्यमा सहकार्य गर्दै जाने बताउनुभएको थियो ।

प्रमुख शाहले सूर्यविनायक–धुलिखेल छ लेन सडकको स्तरोन्नति चाँडो सम्पन्न गराउन पाए काठमाडौँ उपत्यकामा यातायात आवातजावतमा सहजता हुने धारणा राख्नुभयो । नेता बस्नेतले राज्यको शून्य लगानीमा सूर्यविनायक धुलिखेल सडकको सर्भिस ट्र्याक निर्माण गराउन सफल भएको भन्दै सडक निर्माण छिटो सम्पन्न हुनेमा विश्वास रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्