जसपाले उपराष्ट्रपतिको उम्मेदवार रामसहायप्रसाद यादवलाई बनाउने

जसपाले उपराष्ट्रपतिको उम्मेदवार रामसहायप्रसाद यादवलाई बनाउने

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल, (जसपा) ले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहिबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले कार्यकारिणी समिति सदस्य यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको कार्यकारिणी सदस्य शिवलाल थापाले जानकारी दिनुभयो ।

रामसहायप्रसाद यादव गएको मङ्सिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो ।

सत्ता गठबन्धनमा जसपाले उपराष्ट्रपति पाउने सहमति भएको थियो । गठबन्धनको तर्फबाट राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । उपराष्ट्रपतिको चुनाव आउँदो चैत ३ गतेका लागि तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्