शहीदस्मारक ए डिभिजन लिग फुटबल : थ्रिस्टार विजयी

शहीदस्मारक ए डिभिजन लिग फुटबल : थ्रिस्टार विजयी

काठमाडौँ । शहीदस्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रि स्टार क्लब एफसी खुमलटार क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा थ्रि स्टार एफसी खुमलटारलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

थ्रि स्टारको जितमा विदेशी खेलाडी अजयी मार्टिन्स नायक बने । खेलको ५४औँ मिनेटमा मार्टिन्सले गोल गर्दै थ्रि स्टारलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८३औँ मिनेटमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै थ्रि स्टारलाई २–० को जित दिलाए । जितसँगै थ्री स्टारले ३ खेलमा ४ अङ्क जोडेको छ । यता खुमलटारले ३ खेलमा ३ अङ्क जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्