नेपालका हाई स्कुल ग्राजुएट : कुन देशको डिग्री लिन रुचाँउछन त ?

नेपालका हाई स्कुल ग्राजुएट : कुन देशको डिग्री लिन रुचाँउछन त ?

अक्टोबर सन् २०२२ मा नेपाल राष्ट्र बैङ्कको डाटा अनुसार पछिल्ला २ महिनामा मात्र नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययनका लागि १२ दशमलव ७६ बिलियन रुपैंया अर्थात् करिब करिब १३ अर्ब रुपैयाँ खर्च गरेका थिए । यता शिक्षा मन्त्रालयको डाटाले पनि प्रतिदिन देश बाहिरिने विद्यार्थीहरुको अभूतपूर्व संख्यालाई देखाएको छ । यस अवस्थामा नेपाली विद्यार्थीहरू माझमा वैदेशिक अध्ययनका लागि कुन देशको डिग्रीले सर्वाधिक महत्त्व राख्दछ त भन्ने विषयलाई थप महत्त्व राख्दछ । यस विषयमा नेपालको सबैभन्दा ठुलो इ-लर्निगं फ्यामीली स्याटसमले गरेको एउटा प्रारम्भिक अध्ययन यहाँ प्रस्तुत गर्न जाँदैछौं ।

अध्ययनका बारेमा
डिजटल्ली गरिएको यस अध्ययनमा नेपालका ७ वटा मुख्य स्थानका ४९ जना हाई स्कुल ग्राजुएटहरुले भाग लिएका थिए । दमक, विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, नेपालगन्ज र धनगढीका ग्राजुअटहरुको प्रतिक्रियाका आधारमा यस सर्वेक्षण तयार गरिएको हो ।

केही डाटाहरू
अबको अध्ययनका लागि विदेश जाने सोचमा हुनुहुन्छ कि नेपालमा नै गर्ने सोचमा हुनुहुन्छ ?

६१ प्रतिशत विद्यार्थीहरूले विदेश जाने सोच बनाएकोमा बाँकी ३९ प्रतिशत विद्यार्थीहरू नेपालमा नै अध्ययन गर्ने बताइरहँदा यस सर्वेक्षणमा नेपालमै पढ्ने भन्ने बताएका विद्यार्थीहरुलाई पून प्रश्न गरिएको थियो । नेपालमा पढ्ने विकल्प रोजेका हाई स्कुल ग्राजुएटहरुलाई किन नेपालमा पढ्ने निर्णय लिएको भनी प्रतिप्रश्न गरिएकोमा निम्न उत्तरहरू पाइयो ।

नेपालमा नै पढ्ने निर्णय लिएका अधिकांश विद्यार्थीहरुको रोजाई चाहिँ नेपालमा नै बिश्वस्तरीय डिग्री दिइरहेका कलेजहरूमा अध्ययन गर्ने रहेको पाइयो । यसका साथै १९ प्रतिशत विद्यार्थीहरूले अन्य छनोट गरे आर्थिक अवस्था र पहुँचको कुरा गरेका थिए ।

विदेशमा पढ्न चाहने ग्राजुएटहरुलाई कुन वैदेशिक डिग्री लिन चाहनुहुन्छ भन्ने प्रश्नमा चाहिँ निम्न अनुसारको उत्तर पाइयो । यस प्रश्नमा पिआर या जागिर पाउने कुरामा पूर्वाग्रह नराखीकन केवल डिग्रीको मुल्याकंन र बिश्वबजारमा ती डिग्रीको महत्त्वका आधारमा उत्तर दिइन सुझाव दिइएको थियो ।

यस डाटा हेर्दा नेपाली विद्यार्थीहरुको मुख्य रोजाइमा अमेरिका, बेलायत, इयूका देशहरू र अस्ट्रेलिया बढी रहेको पाइन्छ । अन्य मा छनोट गरेर केही अरू देशहरू जस्तै बगंलादेश र युएई पनि केही अप्सनहरू टाइप भएको पाइए पनि सर्वाधिक धेरै छनौटमा रहेका देशहरू माथिको सूचीले स्पष्ट पारेको छ ।

अमेरिकाका विश्वविद्यालय र डिग्रीहरू पश्चात् नेपाली विद्यार्थीहरुको सर्वाधिक छनोटमा पर्ने गन्तव्यका रूपमा बेलायत पनि रहेको पाइयो ।
नेपाली श्रोत साधन र जनशक्ति वैदेशिक शिक्षाको लागि यसरी विदेश गइरहँदा नेपालमा नै बिश्वस्तरीय डिग्री र शिक्षा प्रदान गरेर यी श्रोत साधन र जनशक्ति नेपालमा नै राख्न विशेष कदम चाल्नुपर्ने आवश्यकता एकातर्फ छँदै छ । अर्कोतर्फ नेपालमा नै बिश्वस्तरीय कलेजहरूको स्थापना र भएकाहरूलाई प्रवर्धन गर्दै अगाडि बढ्नुपर्ने पनि देखिन्छ ।

सिराहाका अजय कुमार शाह पनि यिनै मध्य एक विद्यार्थी हुन् जो नेपालमा नै रहेर ग्लोबल डिग्री पाउन चाहन्थे । बेलायती डिग्री लिने चाहना राखेका अजयले काठमाडौँमा आफ्नो लागि सही गन्तव्य छनोट गरे । अहिले उनी द ब्रिटिस कलेज काठमाडौँमा साइबर सेक्युरिटी र डिजिटल फरेन्सीक विषयमा अध्ययनरत छन् । नेपालमा यस्ता कलेजहरूको विश्वसनीयता र सहजता बढ्न थालेसँगै एक समूहका विद्यार्थीहरू विदेश नगईकन आफ्नै देशमा रहेरै बिश्वस्तरिय अध्ययन गर्न सक्षम भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्