एमालेको प्रमुख सचेतकमा गिरी र सचेतकमा बर्तौला

<span class='c1'>एमालेको प्रमुख सचेतकमा गिरी</span> <span class='c2'>र सचेतकमा बर्तौला</span>

काठमाडौँ । नेकपा (एमाले) को प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला मनोनित हुनुभएको छ ।

एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतक र बर्तौलालाई सचेतकमा मनोनित गर्नुभएको हो ।

दुवैलाई यही फागुन २५ गतेदेखि लागू हुने गरी मनोनयन गर्नुभएको हो । गिरी पूर्वस्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र बर्तौला एमाले पार्टी बागमती प्रदेशको उपसचिव हुनुहुन्छ ।

उहाँहरू दुवै जनालाई एमाले सङ्घीय संसदीय दलको विधान–२०७७ बमोजिम एमाले अध्यक्षसमेत रहनुभएका ओलीले मनोनयन गर्नुभएको हो । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा गिरी पर्वत र बर्तौला मकवानपुर क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्