विराटनगर । जीवन विकास समाजद्वारा अभिभावकसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार जहदा २ स्थित श्री काली आधारभुत विद्यालयमा गुणस्तरीय शिक्षा अभिवृदि र प्रभावकारीता विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
शिक्षक तथा अभिभावक बीच छलफल संचालन गरिरहेको विद्यालयले जनाएको छ । बालबालिकाको शैक्षिक गुणस्तर वृद्धि तथा व्यवहारिक शिक्षाका विषयमा जीवन विकास समाज विकास परियोजना कार्यक्रमका सहजकर्ता, अभिभावक र शिक्षकसंग छलफल गरिएको थियो ।
जीवन विकास समाज विकास परियोजना कार्यक्रमका सामाजिक सहजकर्ता अभय मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि थापा मगर प्रमुख अतिथि रहेको कार्यक्रमको बारेमा सहजकर्ता पवन मुखियाले प्रष्ट पारेका थिए ।
प्रधानाध्यापक श्याम प्रसाद राजभरले सिकाईले वृद्धिको निम्ति विद्यालयले अभ्याससंगै रचनात्मक गतिविधि गर्दै आएको र निरन्तर प्रयासशिल रहेकोले अभिभावकहरुको र आफ्ना नानीहरुको निगरानीसंगै पठनसंस्कृतिको विकासमा जोड दिनु पर्ने बताए ।