झापामा पोखरीमा डुबेर १ जनाको मृत्यु

झापामा पोखरीमा डुबेर १ जनाको मृत्यु

झापा । झापाको भद्रपुर नगरपालिका-३ भैंसाबाडी स्थितमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका-१ का ४० बर्षीय राम कुमार लिम्बु रहेका छन् ।

आइतबार दिउँसो साढे १ बजे पोखरीमा माछा मर्ने क्रममा डुबी बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ स्थानिय मानिसहरु र इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले पोखरीमा खोजतालासको क्रममा लिम्बुलाई मृत अवस्थामा फेला पारेका थिए ।

मृत अवस्थामा फेला परेका लिम्बुको कानुनी प्रक्रिया पुरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टम पश्चात शव आफन्तलाई जिम्मा बुझाएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्