झुटा तथा भ्रामक समाचार विरुद्ध प्रदेशस्तरीय कार्यशालाको आवेदन खुल्ला

<span class='c1'>झुटा तथा भ्रामक समाचार विरुद्ध</span> <span class='c2'>प्रदेशस्तरीय कार्यशालाको आवेदन खुल्ला</span>

नेपालमा सूचना प्रविधिको प्रयोगको उल्लेख्य वृद्धिसँगै झुटा तथा भ्रामक सूचनाको व्यापक विस्तार एउटा बढ्दो समस्या बनेको छ । यसले समाचार र सूचना सामाग्रीको  निर्माण र उपभोगको सम्पूर्ण प्रणालीमा नै प्रतिकूल असर पार्दै सर्वसाधारणको विचार, तर्क र निर्णयलाई परिमार्जित गर्नुका साथ साथै सर्वसाधारणको विचारधारालाई नै गलत दिशामा लगिरहेको पाइन्छ । यसले हामी सर्वसाधरणहरुको तर्क र निर्णयलाई हेरफेर गर्ने मात्र नभई सम्पूर्ण जनमत माथि नै प्रतिकुल प्रभाव पार्दै वास्तविक रूपमा सूचित हुनुको सार र हाम्रो सु-सूचित हुन पाउने आधारभूत अधिकारलाई नै असर गरेको पाइन्छ ।

यी समस्याहरूलाई सम्बोधन गर्न, यूथ इनोभेसन ल्याबले नेपालस्थित अमेरिकी दूतावासको आर्थिक सहयोगमा “Countering Misinformation and Disinformation” परियोजना कार्यान्वयन गरिरहेको छ । यसै परियोजना अन्तर्गत नेपालको सातै प्रदेशमा “Understanding Misinformation and Disinformation” विषयमा प्रदेशस्तरीय कार्यशालाहरू आयोजना गर्न लागिएको हो । यी कार्यशालाहरूको उद्देश्य युवा पत्रकारहरू, सामग्री निर्माताहरू, अभियन्ता, र युवा नेताहरूलाई झुटा तथा भ्रामक समाचारहरू विरुद्ध ज्ञान र सीपहरू प्रदान गर्नु हो । इच्छुक जोकोहीले पनि https://apply.shikshya.org/ मा गएर २८ मार्च २०२३ बेलुकी ५ बजेसम्म अनलाइन फारम भर्न सक्ने छन् ।

दुई दिने प्रदेशस्तरीय कार्यशालाका लागि नेपालभरबाट कुल एक सय ४० जना प्रशिक्षकहरूको प्रशिक्षण तालिम दिइनेछ । सफल आवेदकहरूलाई ईमेल/फोन मार्फत सूचित गरिने छ। यसका साथै पत्रकारिताको सुरुवाती करियरमा रहेकाहरू, स्वतन्त्र सामग्री सिर्जनाकर्ताहरू, न्यून प्रतिनिधित्व भएका र सीमान्तकृत समुदायका व्यक्तिहरूलाई आवेदन दिन प्रोत्साहन गरिएको छ ।

परियोजनाको बारेमा
नेपालस्थित अमेरिकी दूतावासको आर्थिक सहायतामा, यूथ इनोभेसन ल्याबद्वारा कार्यान्वयन गरिएको ‘Countering Misinformation and Disinformation’ परियोजनाले देशैभरका युवा पत्रकारहरू, सूचना सामाग्री सर्जकहरू, अभियन्ताहरू र युवा नेताहरूलाई तालिम दिएर, झुटा तथा भ्रामक सूचना विरुद्धका अभियन्ताहरूको सञ्जाल बनाउने लक्ष्य लिएको छ । यसरी, यो परियोजनाको दीर्घकालीन   अवधारणा भनेको प्रयोगकर्ता सहजमुखी र प्रभावकारी ई-लर्निङ प्लेटफर्म मार्फत समाचार तथा सामाग्री सर्जक जोकोहीलाई पनि झुटा तथा भ्रामक समाचार विरुद्ध जुझ्न सीप र ज्ञानहरू प्रदान गर्नु पनि हो । यसरी पाठ्यक्रम सामाग्री निर्माण गर्नका लागि यस परियोजनाले सुरुवात देखि नै वरिष्ठ पत्रकारहरू, अभ्यस्त सञ्चार सामाग्री निर्माता र विषयगत विशेषज्ञहरूको अर्थपूर्ण संलग्नतामा कार्य गर्दै आएको छ ।
थप जानकारीका लागि यूथ इनोभेसन ल्याब वंशीधर मार्ग, काठमाडौँ, नेपालको फोन: +९७७ ९८५१११५९१९ मा सम्पर्क गर्न सकिने छ । भने
[email protected] यसमा  ई-मेल समेत गर्न सकिने  बताईएको छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्