सुनसरीबाट गोरु काटी फरार प्रतिबादी पक्राउ

सुनसरीबाट गोरु काटी फरार प्रतिबादी पक्राउ

विराटनगर । गोरु काटी मारेको मुद्धाका दुई जना फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सुनसरी बराहक्षेत्र नगरपालिका–३ नडाहाका ५१ बर्षीय तिलक भन्ने तिलोक राई र ३६ बर्षीय निमा र्शेपालाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

गोरु काटी मारेको मुद्धामा सुनसरी जिल्ला अदालतले गत भदौ ९ गते सजाय निर्धारण फैसला आदेशबाट जनही २ महिना ९ दिन कैद बेरुजु रहि फरार थिए ।

पक्राउ परेका उनीहरुलाई सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरिएकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाएको प्रदेस प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्