सुनसरीको बर्जुमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

सुनसरीको बर्जुमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका-२ स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज राती साढे १ बजे को ७ प ५६५ नम्बरको मोटरसाईकलको पछाडि सवार रहेकि बर्जु गाउँपालिका-३ की ३६ बर्षीया चन्द्रकलादेबी मोटरसाईकलबाट आफै लडी घाईते भएकोमा मोटरसाईकल चालक उनको श्रीमान ४१ बर्षीय सैलेन्द्र रायले उपचारको लागि कोशी अस्पताल विराटनगर लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्