विराटनगर र काठमाडौँ कै गुणस्तर बराबरको वर्ल्डलिङ्कको इन्टरनेट सेवा जुम्लामा

विराटनगर र काठमाडौँ कै गुणस्तर बराबरको वर्ल्डलिङ्कको इन्टरनेट सेवा जुम्लामा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सेवा शुभारम्भ गरेको छ ।

बुधबार वर्ल्डलिंकले जुम्ला सदरमुकाम खलंगामामा विराटनगर र काठमाडौँ कै गुणस्तर बराबरको एफटीटीएच फाइबर इन्टरनेट सेवा सुरु गरेको हो ।
यससँगै जुम्लामा तारसहितको फाइबर इन्टरनेट सेवा विस्तार गर्ने पहिलो कम्पनी वर्ल्ड लिंक बनेको छ ।

२५३१ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको कर्णाली प्रदेशमा पर्ने दुर्गम हिमाली जिल्ला जुम्लामा उच्च गतिको फाइबर ईन्टरनेट पुग्नुलाई महत्वका साथ हेरिएको छ । भौगोलिक रुपमा दुर्गम भए तापनि इतिहासमा जुम्ला जिल्लाको महत्वपुर्ण पहिचान रहेको छ । नेपाल राज्यको एकीकरण हुनु पूर्व बाइसे राज्यहरुको मुख्य केन्द्रको रुपमा रहेको जुम्ला नेपाली भाषा र संस्कृतिको उदगम स्थल पनि मानिन्छ । मध्यकालिन युगमा जुम्ला एक समृद्ध एवं शक्तिशाली राज्यको रुपमा रहेको तथ्य प्रष्ट हुन्छ ।

उक्त जिल्लाको सदरमुकाम रहेको खलंगामा सबभन्दा पहिले प्राचिनकालमा भारतबाट आएको चन्दननाथ बाबा सहित दुईजना ब्रम्हाचारीहरुले वस्ती बसाई कृषि र शिक्षाको प्रचार प्रसार गरेका थिए भन्ने लोकोक्ति रहेको पाइन्छ । उत्तर र पूर्वबाट दुईवटा नागरुपी जुम्लाहा डाँडाहरु तिला र जवा दुई जुम्लाहा नदीको संगम भएकोले यस जिल्लाको नाम जुम्ला रहन गएको किम्वदन्ती छ । यातायात, संचार र आधुनिकिकरणको दृष्टिकोणले विकट र दुर्गम भए तापनि अति सुन्दर चम्किलो हिमाली चुचुराहरु, तालहरु र मनमोहक अनगिन्ती प्राकृतिक नदिहरुले सिंगारिएको जुम्ला प्राकृतिक सम्पदा र संस्कृतिको धनी जिल्ला मान्न सकिन्छ । उक्त जिल्लाको पूर्वमा डोल्पा, पश्चिम कालिकोट, उत्तर मुगु र दक्षिण जाजरकोटसंग सीमाना जोडिएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्