बेलबारीबाट श्रीमतीको हत्यामा संलग्न रहेका श्रीमान पक्राउ

बेलबारीबाट श्रीमतीको हत्यामा संलग्न रहेका श्रीमान पक्राउ

मोरङ । मोरङको बेलबारी नगरपालिका-१ का ५७ बर्षीय हेम कर्ण महतलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

गत फाल्गुन २५ गते उनले घरायसी वादविवादको कारण ५३ बर्षीया श्रीमती देवि महतलाई टाउमा धारिलो हतियार प्रहार गरी कर्तब्य गरी मारी फरार भएका थिए ।

श्रीमतीको हत्या गरी घटना स्थलबाटै फरार भएका महतको खोज तलासको क्रममा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले बिहिवार दिउँसो पथरी शनिश्चरे नगरपालिका-१० स्थित बसपार्कबाट पक्राउ गरेको हो ।

पक्राउ परेका महतको इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्