सुनसरीको एभरेष्ट साइन्स सेन्टरमा विज्ञान तथा औद्योगिक कृषि व्यापार मेला हुने

सुनसरीको एभरेष्ट साइन्स सेन्टरमा विज्ञान तथा औद्योगिक कृषि व्यापार मेला हुने

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा विज्ञान मेला र औद्योगिक तथा कृषि व्यापारी मेला आयोजना हुने भएको छ । मेला सँचालन गर्ने सम्बन्धमा शनिबार एक कार्यक्रम बिच सम्झौता भएको छ ।

मेलाको विज्ञान केन्द्र शान्तिवनका अध्यक्ष डा. दिलीपकुमार अधिकारीले मेला लगाउन टिकेन्द्र श्रेष्ठ , सुमन कटेललाई औद्योगिक तथा कृषि व्यापारी मेला आयोजना गर्ने जिम्मेबारी दिएको छ । मेलाको कमिटी समेत बनेको छ । मेला कमिटीमा अध्यक्ष टिकेन्द्र श्रेष्ठ, उपाध्याक्ष सुमन कटेल र सदस्यमा सुभास शर्मा, बिनित लालवानी रहेका छन् भने प्रचार प्रसार समितीमा भोजराज घिमिरे तथा सहयोगीमा नारायण चौधरी रहेका छन् ।

औद्योगिक तथा कृषि व्यापर व्यवसायीलाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ आगामी बैशाख ६,७,८ र ९ गतेबाट बर्जु–५ शान्तिवनमा विज्ञान मेला र औद्योगिक तथा कृषि व्यापारी मेला आयोजना हुने भएको आयोजकले जनाएको छ । विज्ञान केन्द्र शान्तिवनका अध्यक्ष डा. दिलीपकुमार अधिकारीले यस मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ बाट हुने जानकारी दिएका छन् ।

नेपालका ७७ वटै जिल्लाका विज्ञान विषयका २०० भन्दा बढी विद्यालयले आफ्ना स्टल राखिने भएको छ । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति राख्दै सांगीतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्