सोलुखुम्बुमा भिरबाट लडेर एक जनाको मृत्यु

सोलुखुम्बुमा भिरबाट लडेर एक जनाको मृत्यु

सोलुखुम्बु । भिरबाट लडेर माप्यदूधकोसी गाउँपालिका–३ खास्तापका ३५ वर्षीय अमृत राईको मृत्यु भएको छ ।

शुक्रबार कसैलाई जानकारी नगराई घरबाट निस्किएका राईको शव आज खास्तापकै चेम्सी खोलामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर साहका अनुसार दयाखोप भिरबाट लडेका राईको शव करिब एक सय ५० मिटर तल चेम्सी खोलामा स्थानीयले फेला पारेका थिए ।

मृतक मानसिकरूपमा अस्वस्थ रहेको पारिवारिक स्रोतको दाबी छ ।

कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्