तमोर नदीमा डुबेर महिलाको मृत्यु

तमोर नदीमा डुबेर महिलाको मृत्यु

धनकुटा । धनकुटाको धनकुटा नगरपालिका-९ स्थित तमोर नदीमा डुबेर एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकुटा नगरपालिका-९ कि ४५ बर्षीय मसिनि बि.क. रहेकि छन् ।

शनिबार दिउँसो नदीमा लुगा धुने क्रममा चिप्लिएर लड्दा उनको नदीमा डुबेर मृत्यु भएको हो ।

घटना स्थलमा तत्काल खटिएको प्रहरी टोलीले मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको थियो।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्