जहदा–४ ले जित्यो अध्यक्ष कप क्रिकेट प्रतियोगिता

जहदा–४ ले जित्यो अध्यक्ष कप क्रिकेट प्रतियोगिता

विराटनगर । मोरङको जहदामा गाउँपालिकामा सम्पन्न ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७९ ’ को उपाधि जहदा–४ ले जितेको छ । शनिबार साँझ सम्पन्न फाईनल खेलमा आयोजक लक्ष्मिनिया युवा क्लबलाई ८२ रनले पराजित गर्दै जहदा–४ ले उपाधि जितेको हो ।

आयोजक लक्ष्मीनिया युवा क्लबले टस जितेर फिल्डिंग रोजेको थियो । जहदा–४ ले ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाई १८६ रनको स्कोर खडा गरेको थियो । जहदा–४ का लागि पाण्डव मण्डलले सर्वाधिक ४४ रन बनाउँदा सुमन राजबंशी ले ४१, बिशाल मण्डलले १२, चन्दन सिंहले १० र निरज मुखियाले ५ रन जोडेका थिए । जहदा–४ का लागि पाण्डव मण्डलले ४ विकेट लिँदा अमोद मण्डलले ३,रबिन मण्डलले २ र निरज मुखियाले १ विकेट लिएका थिए ।

१८७ रनको लक्ष्य पाएको लक्ष्मिनिया युवा क्लब १६ औं ओभरको प्रगतिमा सबै विकेट गुमाउँदै १०४ रनमा सिमित भएको थियो । क्लबका तर्फबाट अंकित सिंह राजपुतले सर्वाधिक १८ रन जोड्दा बिबेक मुखिया १७, अभिषेक साहले १६ र देवराज महतोले १६ र पावल हेम्ब्रमले ९ रनको योगदान दिएका थिए । लक्ष्मिनिया युवा क्लबका लागि बलराम कामतले २ विकेट, श्यामसुन्दर मण्डलले २ विकेट, र अभिषेक सिंह, अंकित सिंह राजपुत र आर्यन साह ले १र१ विकेट लिएका थिए।

खेलको ‘म्यान अफ द म्याच’ विजेता जहदा–४ का पाण्डव मण्डल भए । उनले कप र प्रमाण–पत्र प्राप्त गरे । यस्तै टुर्नामेन्टको ‘म्यान अफ द सिरिज विजेता टिमकै निरज मुखिया भए । उनीहरुले पनि मेडल र प्रमाण–पत्र प्राप्त गरे ।

शनिबार भएको फाईनलमा विजेताको उपाधि हात पारेको जहदा–४ ले मेडल र प्रमाण–पत्र सहित नगद रु। ३१ हजार तथा उप–विजेता बनेको लक्ष्मिनिया युवा क्लबले मेडल र प्रमाण–पत्र सहित नगद रु। २१ हजारको पुरस्कार प्राप्त गर्‍यो । जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साह , उपाध्यक्ष हन्ना सोरेन, बिभिन्न वडाका वडा अध्यक्ष र अतिथिगणहरुले विजेता र उप–विजेता टीमलाई पुरस्कृत गरेका थिए ।

खेलको औपचारिक कार्यक्रममा बोल्दै जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साहले पछिल्लो समय आयोजक क्लबको भुमिका र सक्रियता बढ्दै गएको बिषयको प्रशंसा गरे । उनले भोलिका दिनमा क्लबलाई चाहिने आवश्यक सहयोगका निम्त्ति आफु सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै जहदा गाउँपालिकाका उपाध्यक्ष हन्ना सोरेनले लक्ष्मिनिया युवा क्लबद्वारा आयोजित यसप्रकारले खेलले राष्ट्रियस्तरका खेलाडीहरुको उत्पादनमा सहयोग पुर्‍याउने बताए । उनले आयोजक टीमप्रति आभार समेत प्रकट गरे ।

लक्ष्मिनिया युवा क्लबले २०७५ सालदेखि प्रत्येक वर्ष क्रिकेट टुर्नामेन्टको आयोजना गर्दै आईरहेको छ । क्लबले यसअघि पनि २०७५, २०७६, २०७७ र २०७८ गररे ४ पटकसम्म क्रिकेट टुर्नामेन्टको आयोजना गरिसकेको क्लबका अध्यक्ष नितेश कुमार साहले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्