झापाको गौरादहमा चैत २८ गतेदेखि वैशाख ६ गतेसम्म फुड फेस्टिवल हुने

झापाको गौरादहमा चैत २८ गतेदेखि वैशाख ६ गतेसम्म फुड फेस्टिवल हुने

झापा । झापाको गौरादहमा पहिलोपटक चैत २८ गते देखि वैशाख ६ गतेसम्म फुड फेस्टिवल आयोजना हुने भएको छ ।

गौरादह –२ स्थित सहिदगेट नजिक आयोजना हुने फेस्टिवलमा राष्ट्रिय चर्चित कलाकारहरुको दैनिक प्रस्तुति रहने कार्यक्रम आयोजकले जनाएको छ ।

गौरादहमा निर्माणाधिन लायन्स चिल्ड्रेन पार्कलाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले फेस्टिवल गर्न लागिएको आयोजक लाइन्स क्लवका चार्टर प्रेसिडेन्ट तिलक खनालले जानकारी दिएका छन् ।

फेस्टिवलले स्थानीय जातजातिय खानाको परिकारको प्रर्वधन गर्ने उदेश्यले आयोजना गरिएको आयोजकले जनाएको छ । फेस्टिवलमा स्थानीय नेवार, धिमाल, संथाल लगायतका विभिन्न जातजातीका खानाका परिकार मुख्य आर्कषण रहने छ आयोजक संस्थाका प्रेसिडेन्ट श्याम दाहालले जानकारी दिए।

जातिय खानाको स्टलका लागि कुनै शुल्क नलाग्ने तर स्थानीय होटलहरुले स्टल राख्न चाहेमा निर्धारित शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । फेस्टिबलमा स्थानीय स्तरमा उत्पादन भएका कृषि तथा घरेलु उत्पादनका साथै हस्तकलाका सामाग्रीहरुको समेत प्रदर्शन हुने फेस्टिबल ईभेन्ट म्यानेजर समिर नेपालले बताए । फेस्टिवलमा बालबालिका तथा वयस्कहरुको मनोरञ्जन कालागी खेल, तमासाहरु समेत राखिने छ ।

कार्यक्रममा गौरादहका स्थानीय तथा चर्चित राष्ट्रिय कलाकार सिताराम ताजपुरीयालाई सम्मान गरिने कार्यक्रम छ ।

यस्तै फेस्टिवल गायक प्रमोद खरेल, शिव परियार, मेलिना राई, रचना रिमाल, मिलन नेवार, एलिना चौहान, आशिष राना (लाहुरे), ज्योती मगर, सिर्जना खत्री र हाँस्य कलाकार सुमन कार्कीको सांगितिक र हास्य प्रस्तुती रहने फेस्टिवल संयोजक किशोर केसीले जानकारी दिए ।

फेस्टिवलमा करीब ५० लाखको कारोवार हुने अनुमान गरिएको छ । गौरादहमा पहिलो पटक गर्न लागिएको फुड फेस्टिवलको अनुभवका आधारमा आगामी बर्षहरुमा निरन्तरता दिईने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्