इटहरी गाेल्डकप : घरेलुु टिमलाई हराउँदै चर्च व्बाइज काठमाडौँ सेमीफाइनलमा प्रवेश

<span class='c1'>इटहरी गाेल्डकप : घरेलुु टिमलाई हराउँदै</span> <span class='c2'>चर्च व्बाइज काठमाडौँ सेमीफाइनलमा प्रवेश</span>

सुन्दरहरैँचा । १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा आयाेजक राष्ट्रिय जागृति क्लबलाई हराउँदै चर्च व्बाइज युनाइटेड  काठमाडौ सेमीफाइनल प्रवेश गरेको छ ।
  इटहरी रंगशालामा जारी प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा चर्च व्बाईजले २—० गोल अन्तरले आयाेजकलाइ घरेलुु मैदानमा पछि पारेको हाे । पहिलो हाफमा १—० गोल अन्तरको अग्रता बनाएको चर्च व्बाइजले दोश्रो हाफमा १ गोल गर्न सफल भयाे  । चर्च व्बाइजको जितमा आशिष चापागाई र मौसम लिम्बुले गोल गरेका थिए  ।

    खेलको सुरूवातबाटै दबाब बनाएको चर्च व्बाइजले ४५ औ मिनेटमा अग्रता बनायो । आशिष चापागाईलाई डिबक्स भित्र राष्ट्रिय जागृतिका गोलरक्षक निरोज चौधरीले लडाएपछि चर्च ब्वाइजले पेनाल्टी पाएको थियो । कप्तान मिलन राईको पेनाल्टी प्रहार रिबाउन्ड भएर आएपछि पाएको अवसरलाई चापागाईले गोलमा परिणत गरे । ६१ औ मिनेटमा मौषम लिम्बुले अग्रता दोब्बर बनाए । विवेक पौडेलको स्थानमा मैदान प्रवेश गरेको २ मिनेट नवित्दै लिम्बुले गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका प्रशान्त लक्क्षम घोषित भए । उनले नगद रू १० हजार प्राप्त गरे ।

   आजको खेल मछिन्द्र क्लब काठमाण्डौ तथा  कञ्चनजंगा फुटबल क्लब सिलगुढी भारतबिच हुने आयाेजकले बताएको छ । गाेल्डकपको विजेताले नगद रू १० लाख तथा  उपविजेताले रू ५ लाख साथै ट्रफि र मेडल प्राप्त गर्ने आयाेजक क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिए ।

    आठ  वटा टिमकाे सहभागिता रहेको प्रतियाेगितामा सगरमाथा फुटबल क्लब माेरङ , एभनिर फुटबल क्लब क्यामरूम  ,मछिन्द्र फुटबल क्लब काठमाडौ , कन्चनजंघा फुटबल क्लब भारत , चर्च ब्याइज युनाइटेड  काठमाडौ , राष्ट्रिय जागुति क्लब इटहरी , त्रिभुवन आर्मी क्लब , राेलिङ्ग क्लब झापा रहेको छ । फाइनल खेल यही चैत ११ गते  हुने आयाेजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्