सुनसरी । सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान साढे ३ बजे विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले धरान-२० स्थितमा चेक जाँचको क्रममा प्रदेश १-०२-०५१ प २३०५ नम्बरको मोटरसाईकलमा सवार रहेका सागुरीगढी गाउँपालिका-९ धनकुटाका २५ बर्षीय जितेन राईले बोकेको झोलाबाट ३१ किलो ग्राम गाँजा बरामद गरेको हो ।
त्यसैगरी धरान-११ की ४७ बर्षीया विष्णु माया राईको घर कोठा खानतलासी गर्दा कोठामा लुकाई छिपाई राखेको ३१ किलो ग्राम गाँजा फेला परे सगै उनलाई प्रहरीले पक्राउ गरेको हो ।
लागुऔषध गाँजा सहित पक्राउ परेका दुबै जनाको घटना बारेमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।