सुन्दरहरैँचामा हाफ म्याराथन हुने

सुन्दरहरैँचामा हाफ म्याराथन हुने

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा स्थित इन्द्रपुर जुनियर जेसीजले रन सुन्दरहरैंचा हाफ म्याराथनको आयोजना गर्ने भएको छ ।

यहि बैशाख १६ गते विराटचोकबाट प्रस्थान गर्ने रूट तय गरिएको जनाइएको छ । म्याराथनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा थप उचाइमा लैजान तथा स्थानीय पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको इन्द्रपुर जुनियर जेसीजका संस्थापक अध्यक्ष तथा कार्यक्रम निर्देशक उत्सव थापाले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

खेलमा पहिलो हुनेले ४० हजार रुपैयाँ, दोस्रोले १५ हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउने उल्लेख्य गरिएको छ । यस्तै दौड रेकर्ड ब्रेक गर्ने खेलाडीलाई २ हजार ५ सय रुपैयाँ पुरस्कार राखिएको छ । यस्तै नन प्रोफेसनल तर्फ क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनेलाई ७ हजार, ५ हजार र ३ हजार पुरस्कार रहेको बताइएको छ ।

खेलमा सहभागी हुन बैशाख १० गतेसम्म रजिष्ट्रेशन गरिसक्नुपर्ने छ । १६ गते शनिबार बिहान ८ बजेदेखि विराटचोकबाट दौड शुरु हुने भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रबाट प्रतिष्पर्धा गर्न प्रोफेसनल १ सय जना एथ्लेटिक्स खेलाडी तथा नन् प्रोफेसनल ५ सय जनाले प्रतिष्पर्धा गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्न गर्न कुल ५ लाख लाग्ने अनुमान गरिएको छ ।

प्रतिभावान युवायुवतीलाई अवसर प्रदान गर्दै सुन्दरहरैंचाको पहिचान बढाउने अभिप्रायले यो कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार खेल ३ वटा विधामा सम्पन्न हुने भएको छ । ५ किलोमिटरसम्म नन प्रोफेसनल स्थानीय शैक्षिक संस्था तथा स्थानीयवासीको सहभागिता रहनेछ
२१ किलोमिटर सम्म महिला हाफ म्याराथन र २१ किलोमिटर पुरुष हाफ म्याराथन रहने आयोजकले उल्लेख गरेको छ ।

इन्द्रपुर जेसीजकी अध्यक्ष बिना सुवेदी आचार्यका साथै पूर्व अध्यक्षहरूको पत्रकार सम्मेलनमा उपस्थिति रहेको थियो । पत्रकार सम्मेलन जुनियर जेसी अध्यक्ष रिकेश भण्डारीको सभापतित्वमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्