सुनसरीबाट तीन सय केजी गाँजा बरामद

सुनसरीबाट तीन सय केजी गाँजा बरामद

सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-४ बाट ठुलो परीमाणमा गाँजा बरामद भएको छ ।

गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले जी जे ०१ एच क्यु २४६१ नम्बरको भारतीय स्कारपियो गाडीमा लुकाई छिपाई ल्याउदै गरेको गाँजा बरामद गरेको हो ।

धरान-४ को सडकको साईडमा रोकी रहेको उक्त गाडीमा चेकजाच गर्ने क्रममा तीन सय केजी गाँजा बरामद भएको थियो ।

गाडीबाट गाँजा बरामद भएसंगै नियन्त्रणमा लिएको तथा चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्