इटहरी गाेल्डकप : चर्च व्याइज र सगरमाथा फाइनलमा

<span class='c1'>इटहरी गाेल्डकप : चर्च</span> <span class='c2'>व्याइज र सगरमाथा फाइनलमा</span>

मणिराम दाहाल
सुन्दरहरैँचा ।राष्ट्रिय जागृति क्लबकाे आयाेजनामा जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा चर्च व्याइज युनाइटेड काठमाडौंले फाइनल खेलयात्रा तय गर्न सफल भएको छ ।

बिहिवार भएको अन्तिम सेमीफाइनल खेल अन्तर्गत साबिक उपबिजेता त्रिभुवन आर्मी क्लबको आत्मघाती गोलले चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ फाइनलमा प्रवेश गरेको हाे । प्रतियाेगितामा चर्च ब्वाइज क्लब काठमाडौँले आर्मीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलका लागि सुरक्षित स्थान तय गरेको छ ।

खेलको २२ औँ मिनेटमा आर्मी क्लबका दीपक गुरूङले गाेल राेक्न खाेज्दा अचानक आत्मघाती गोल भएको थियो । चर्च ब्वाइजले पाएको फ्रिकिक गोल बचाउन खोज्दा हेडिङमार्फत आत्मघाती गोल भएको हाे ।

पहिलो हाफमा पाएको तीनवटा अवसरलाई सदुपयोग गर्न नसकेको आर्मीले दोस्रो हाफमा पाएको एकमात्र अवसरलाई पनि सुशान्त चौधरी खेर फालेपछि दाबेदार आर्मी सेमिफाइनलबाटै बाहिरिएको छ ।

त्यसपछि दुवै टिमबाट गोल हुन नसक्दा विपक्षी क्लबबाट पाएकाे आत्माघाती उपहार गाेल नै चर्च व्याइजका लागि निर्णायक सावित बन्यो ।

खेलको म्यान अफ दि म्याच चर्च व्वाइज काठमाडौँका फ्याङ्कलिंक ताल्ला घोषित भए। उनले नगद १० हजार सहित ट्रफी हात पारे ।

गोल्डकपको उपाधिको लागि शनिबार चर्च ब्वाइज युनाइटेड र साबिक विजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचा मोरङबीच प्रतिस्पर्धा हुने आयाेजक क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिए ।

प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रूपैयाँ तथा ट्रफि मेडल प्राप्त गर्ने आयाेजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्