नागरिकता पिडित संघर्ष समितिको मेची–महाकाली यात्रा सुरु

नागरिकता पिडित संघर्ष समितिको मेची–महाकाली यात्रा सुरु

विराटनगर । नागरिकता विद्ययेक पारित गर्न माग राख्दै नागरिकता विहिन संघर्ष समितिले यतिबेला मेची–महाकाली अभियान सुरु गरेको छ ।

चैत्र १० गते झापाबाट सुरु भएको सो यात्रा आज (सनिवार) विराटनगर आइपुगेको छ । संघर्ष समितिले जिल्ला प्रशासन कार्यलय मोरङमा संविधान संसोधन माग गर्न र नागरिकता विद्ययेक पारित गर्न माग राख्दै नाराजुलु समेत गरेका थिए । उनीहरुले आन्दोलनकै क्रममा झापा मोरङ गरी करिब ५ सय नागरिकता पिडितको काजपत्र संकलन गरेका छन् ।
देशैभरका पिडिहरुको काजपत्र संकलन गरेर सर्वोच्चमा मुद्दा हाल्ने तयारी समेत रहेको नागरिकता पिडित सागर विश्वासले बताए ।

दशहजार भन्दा बढी पिडितहरुको नागरिकता सम्बन्धि कागजपत्र संकलन गरेर मुद्दा हाल्ने तयारी रहेको बताउदै उनले कानुनी परामर्श समेत भइरहेको बताए ।

विगत २ वर्ष देखि नागरिकता विहिन संघर्ष समिति नेपालले जन्मसिद्ध नागरिकता प्राप्त व्यक्तिको सन्तान र एकल आमाका सन्तानहरूलाई लगायत नागरिकता विद्येयक पास गराउनका लागि विभिन्न चरणबद्ध रूपले सडक आन्दोलन लगायत सरोकारवालालाई ज्ञापन पत्र बुझाउने जस्ता क्रियाकलाप गर्दै आइरहेका छन् । तर पनि सरकारले यस विषयमा कुनै चासो नदेखाएकाले मेचीमहाकाली यात्रा सुरु गर्न बाध्य बनेको संघर्ष समितिका प्रतिनिधिहरु बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्