इटहरी गाेल्डकपकाे उपाधि साविक विजेता सगरमाथालाई

इटहरी गाेल्डकपकाे उपाधि साविक विजेता सगरमाथालाई

मणिराम दाहाल
सुन्दरहरैँचा । १३औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपकाे उपाधि साविक विजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचाले जितेकाे छ ।

इटहरी रङ्गशालामा शनिबार सम्पन्न फाइनल खेलमा नवप्रवेशी ए डिभिजन क्लब चर्च व्बाइज काठमाडौलाई पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले पराजित गर्दै सगरमाथाले उपाधि उचालेको हो । अनि राेचक तथा दर्शकले भरिपूर्ण खेलकाे निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

दाेस्रो पटककाे लागि लगातार विजेता रहेको सगरमाथा युथ क्लबका लागि पेनाल्टीमा विवेक बर्मा, स्टेफिन विनोज, राजीव लोप्चन, अभिषेक लिम्बू, मेस्सुको र महेन्द्र कार्कीले गोल गर्न सफल भए ।

तेसै गरि चर्च ब्वाइजका लागि भने फ्रयाङ्लिंक ताल्ला, रञ्जीत पाण्डे, मिलन राई, बेम्पा, पिरिसोले गोल गर्दा मनोज राईको प्रहार गोल पोस्टबाहिर गयाे । सुरूमा दुवै टिमका ५–५ जनाले प्रहार गर्दा सबैको गोल भएको थियाे । पेनाल्टीमा चर्च ब्वाइजका मनोजको प्रहार जालीबाट बाहिरिए आकाशिए पछि गत बर्षकाे विजेता सगरमाथाले उपाधि उचाल्न सफल भएको हाे ।

नवप्रवेशी ए डिभिजन क्लब खुमलटारका अधिकांश खेलाडी लिएर मैदानमा उत्रेको सगरमाथाले उपाधिसँगै नगद रू १० लाखका साथै ट्रफि र मेडल हात पारेको छ । साथै उपविजेता चर्च ब्वाइजले रू ५ लाख प्राप्त गरेर चित्त बुझायाे ।

प्रतियोगिताको सर्वाेकृष्ट खेलाडी सगरमाथाका टिम क्याप्टेन महेन्द्र कार्की घोषित भए । उनले नगद रू १ लाख र मेडल पाए । खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका मौसम लिम्बू घोषित हुँदै नगद रू १० हजार सहित मेडल हात पारे । प्रतियाेगितामा वेष्टकाेच सगरमाथाका याम गुरूङ घाेषित भए । उनले रू २० हजार र मेडल पाए । खेलमा आयाेजक क्लबका तर्फबाट उदयमान खेलाडी आशिष राई घाेषित भए । उनले रू २० हजार पाए । साथै वेष्ट गाेल किपरमा सगरमाथाका देव लिम्बू घाेषित हुँदै रू २० हजारका साथमा मेडल हात पारे । सर्वाधिक गोल गरेका मछिन्द्र क्लबका आफिज ओलावालेले ३० हजार पाए । प्रतियोगिताको क्वाटरफाइनलमा ४ र सेमिफाइनलमा १ गरी उनले ५ गोल गरेका थिए ।

विजेता , उपविजेता तथा खेलमा उत्कृष्ट हुने खेलाडीलाई एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राई र इटहरी उपमहानगरका जनप्रतिनिधिहरूले पुरस्कार वितरण गरे । राष्ट्रिय जागृति क्लबको आयोजनामा अघिल्लो शनिबारदेखि भएको प्रतियोगितामा २ विदेशी सहित आठ टिमले सहभागी जनाएकाे आयाेजक क्लबका अध्यक्ष सन्तबहादुर दुम्जनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्