साफ यू–१७ महिला च्याम्पियनसिप: आज नेपाल र रुस खेल्दै

साफ यू–१७ महिला च्याम्पियनसिप: आज नेपाल र रुस खेल्दै

काठमाडौँ । बंगलादेशको ढाकामा जारी साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र रुस भिड्दै छन् ।

खेल ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा नेपाली समयानुसार बेलुका ७ बजे सुरु हुनेछ।

नेपाल २ खेलमा ३ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । नेपाल पहिलो खेलमा भारतसँग ४–१ गोल गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ५–० गोलले हराएको थियो । रुसले पहिलो खेलमा बङ्लादेश र दोस्रो खेलमा भुटानलाई हराएको थियो।

प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत, भुटान र रुस सहभागी छन् । नेपालले अर्को खेल मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ ।

५ राष्ट्रका टोली सहभागी प्रतियोगितामा सिंगल राउण्ड रोविन लिगपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्