विराटनगर १३ की धन लक्ष्मी यादवको पढाईका लागि सहयोगको अपिल

<span class='c1'>विराटनगर १३ की धन लक्ष्मी</span> <span class='c2'>यादवको पढाईका लागि सहयोगको अपिल</span>

विराटनगर । बि.एस.सी. नर्सिङ चौथो वर्षमा अध्ययनरत धन लक्ष्मी यादवले विराटनगर महानगरपालिका समक्ष आर्थिक सहयोगको अपिल गरेकी छिन् ।

सिफारिस पत्रकमा लेखिएको छ,‘वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बि.एस.सी. नर्सिङ चौथो वर्षमा ध्ययनरत विराटनगर १३ की यादवलाई शैक्षिक पठनपाठनका लागि महानगरपालिका समक्ष आर्थिक सहयोगको अपिल गरेकी हुन् ।

उनको बुवा राजकुमार यादव २०७७ असार २० गते सवारी दुर्घटनामा परि मृत्यु भएको र आफू घरकी जेठी छोरी भएकाले परिवारको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा आएको हुँदा होम ट्यूशन पढाएर खर्च जोहो गर्दै आइरहेको यादवको पढाईमा लाग्ने रकम तिर्न अभाव भएकाले विराटनगर महानगरपालिका समक्ष अध्ययन कार्यका लागि आर्थिक सहयोग गर्न विराटनगर- १३ का वडाध्यक्ष सूर्यलाल यादवले सिफारिस गरेका छन् ।

प्रस्तुत विषयमा यस विराटनगर महानगरपालिका-१३ बस्ने सुश्री धन लक्ष्मी यादव ले म हाल श्री वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बि.एस.सी. नर्सिङ चौथो बर्षमा अध्ययनरत रहेको र मेरो बुवा स्व. राजकुमार यादवको मितिः २०७७-३-२० गते सडक दुर्घटनामा परि मृत्यु भएको हुँदा बुवाको मृत्यु पश्चात परिवारको जेठो छोरी म स्वयंम भएकोले मेरो काँधमा नै परिवारको सम्पूर्ण जिम्मेवारी आएको छ तसर्थ म स्वयंम विद्यार्थी भएकोले होम ट्यूशन पढाई जेनतेन केहि खर्च जोहो भइरहेको छ एवंम् सो रकम परिवारको खानपान मै सकिने भएकोले मेरो शैक्षिक पठन पाठनका लागी तिर्नुपर्ने रकम अभाव भइरहेकोले मेरो अध्ययन कार्यमा अत्यन्त बाधा आइरहेको हुँदा श्री विराटनगर महानगरपालिकाको नाममा अध्ययन कार्यका लागी आर्थिक सहयोग पाउनका लागी सिफारीस गरिपाउँ भनि दिनुभएको निवेदन अनुसार मांग बमोजिम निज निवेदिका सुश्री धन लक्ष्मी यादवको घरको आर्थिक अवस्था अत्यन्त दयनिय भई विपन्न अवस्थामा रहेको हुँदा निजलाई शैक्षिक पठन पाठनका लागी आर्थिक सहयोग उपलब्ध गरिदिनहुन सिफारीस गरिएको व्यहोरा अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्