कटहरीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

कटहरीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । मोरङको कटहरी गाउँपालिका-४ रंगेली सडक खण्डमा आईतबार राती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको २५३० नम्बरको मोटरसाईकल उक्त सडक खण्डको जुडिपुलमा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक धनपालथान गाउँपालिका-७ का ३७ बर्षीय मुकेश यादवको उपचारको क्रममा कोशी अस्पताल विराटनगर मृत्यु भएको थियो।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

फोटो: फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्