चार डिआईजी एआईजीमा बढुवाका लागि सिफारिस

<span class='c1'>चार डिआईजी एआईजीमा</span> <span class='c2'>बढुवाका लागि सिफारिस</span>

काठमाडौँ । नेपाल प्रहरीका जनपद समूहतर्फका चार प्रहरी नायव महानिरीक्षक (डिआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवाका लागि सिफारिस गरेको हो ।

चार डिआईजीलाई प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरिएको वढुवा समितिका सदस्य–सचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्