सुन्दरहरैँचा । बेलबारी नगरपालिकाकाे बेतना खेलमैदानमा भएको ५ औँ वडा स्तरीय मेयरकप फुटबल प्रतियोगिताको उपाधि बेलबारी १ फुटबल टिमले जितेकाे छ ।
फाइनल खेलमा वडा १ ले ४ लाई ट्राईब्रेक्ररमा ४–३ गोलको अन्तरले हराउँदै उपाधि हात पार्न सफल भएको हो । विजेता बेलबारी १ ले ट्रफी, मेडल, प्रमाणपत्रसहित रु.१ लाख १ हजार, र उपविजेता वडा ४ ले ट्रफी, मेडल, प्रमाणपत्र सहित रु.५१ हजार प्राप्त गरेको छ ।
खेलको मेन अफ द म्याच वडा १ का खेलाडी मौसम लिम्बु घोषित भए । वेस्ट गोल किपर मनिस धिमाल, उत्कृष्ट खेलाडी डेबिट मगर, सर्वाधिक गोल कर्ता वडा १ डेबिट मगर र आनन्द राई घोषित भए । वडा ४ का खेलाडी गन्धमन राई वेस्ट मिडफिल्ड, विशाल थारु वेस्ट फरवार्ड र वडा ३ का खेलाडी दीपक राई उदयमान खेलाडी घोषित भएका भए ।
उत्कृष्ट प्रशिक्षकमा वडा १ का अध्यक्ष मणि मगर घोषित भएका छन्