मोरङको उर्लाबारी नगरपालिकामा तालाबन्दी, वडा अध्यक्षमाथि हातपात

<span class='c1'>मोरङको उर्लाबारी नगरपालिकामा तालाबन्दी,</span> <span class='c2'>वडा अध्यक्षमाथि हातपात</span>

विराटनगर । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मोरङको उर्लाबारी नगरपालिकामा तालाबन्दी गरेका छन् । कोशी प्रदेश पुनः नामकरणको माग राख्दै आन्दोलनमा उत्रिएका उनीहरुले सोमबार तालाबन्दी गरेका हुन् ।

नगरपालिकाकाको कार्यलयसहित अन्य वडा कार्यालयहरुमा पनि उनीहरुले तालाबन्दी गरेका छन् । यसैक्रमा कार्यालय खोलेको भन्दै उर्लाबारी ६ का वडा अध्यक्ष चिन्तामणी पौड्यालमाथि हातपातको प्रायस समेत भएको प्रहरीले जनाएको छ ।

आन्दोलनकारीहरुले पदम लिम्बू लाजेहाडलाई सहिद घोषणा गर्नुपर्ने, कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने लगायतका माग गर्दै स्थानीय तहमा तालाबन्दी गरेका छन भने अहिले विराटनगरमा प्रदर्शनी समेत भइरहेको छ । प्रहरी र आन्दोलनकारी बीच झडप हुँदा यतिबेला रोडशेस चोक क्षेत्र तनावग्रस्त भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्