कोशीले मधेस प्रदेशलाई दियो १०६ रनको लक्ष्य

<span class='c1'>कोशीले मधेस प्रदेशलाई दियो</span> <span class='c2'>१०६ रनको लक्ष्य</span>

काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितका लागि १०६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँँदै १०५ रनको योगपफल बनायो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३९ रनको योगदान दिइन् । उनले ३८ बल खेल्दै छ चौकाको मद्दतमा ३९ रन बनाइन ।

त्यसैगरी काजल श्रेष्ठले २२, अप्सरी बेगमले १९ तथा स्मृति कटुवालले १० रन बनाइन । बलिङतर्फ मधेश प्रदेशकी सन्तोषी चौधरी, अमिरन निसा र अमिसा पटेलले समान दुई-दुई विकेट लिए ।

आजको खेलमा कोशी प्रदेश विजयी भए फाइनलमा पुग्नेछ । मधेस प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्