ललितपुर मेयर कप :कोशी प्रदेश र एपीएफ उपाधिका लागि भिड्ने

ललितपुर मेयर कप :कोशी प्रदेश र एपीएफ उपाधिका लागि भिड्ने

काठमाडौँ । कोशी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लब ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । आज सम्पन्न खेलमा मधेस प्रदेशलाई पराजित गरेपछि कोशी प्रदेशको उपाधि भिडन्त तय भएको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा कोशी प्रदेशले मधेस प्रदेशलाई ६२ रनले पराजित ग¥यो । पहिला ब्याटिङ गरेको कोशी प्रदेशले मधेस प्रदेशलाई जितका लागि १०६ रनको लक्ष्य दिएको थियो । जवाफमा मधेस प्रदेश २० ओभरमा ९ विकेट गुमाउँदै ४३ रनमा समेटियो । मधेशका लागि कप्तान सरस्वती चौधरीले १७ बलमा एक चौकासहित सर्वाधिक १० रन बनाइन् । यस्तै, साना प्रवीनले आठ, अमिरन निशाले आठ तथा चाँदनी खातुनले चार रन जोडिन् । बलिङतर्फ कोशीकी कप्तान रुविना क्षेत्री, निसा शाह र एलिसा खडियाले समान दुई÷दुई तथा सबनम राईले एक विकेट लिइन् ।

त्यसअघि, टस हारेर ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १०५ रनको योगफल बनाएको थियोे । कोशी प्रदेशका लागि कप्तान रुबीना क्षेत्रीले सर्वाधिक ३९ रनको योगदान दिइन् । उनले ३८ बल खेल्दै छ चौका प्रहार गरिन् । यसैगरी, काजल श्रेष्ठले २२, अप्सरी बेगमले १९ तथा स्मृति कटुवालले १० रन बनाइन् ।

बलिङतर्फ मधेस प्रदेशकी सन्तोषी चौधरी, अमिरन निसा र अमिसा पटेलले समान दुई÷दुई विकेट लिए । उपाधिका लागि एपिएफ र कोशी प्रदेशबीच यही चैत १६ गते फाइनल खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्