झापाबाट लागुऔषध ब्राउनसगुर सहित २ जना पक्राउ

झापाबाट लागुऔषध ब्राउनसगुर सहित २ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका-६ मेची पुलबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मे १० प ३८०७ नम्बरको स्कुटरमा भारतबाट नेपाल तर्फ आउँदै गरेका शिवसताक्षी नगरपालिका-१ का २४ बर्षीय प्रजन्त राई र नेपालगञ्ज उप-महानगरपालिका-६ घर भई बिर्तामोड-१ मा बस्दै आएका २१ बर्षीय सोहन भडेललाई ४ ग्राम लागुऔषध ब्राउनसुगर सहित मंगलवार दिउँसो पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्