बेलबारीमा १९७४ एडीको लाईभ कन्सर्ट हुने

बेलबारीमा १९७४ एडीको लाईभ कन्सर्ट हुने

मणिराम दाहाल
सुन्दरहरैँचा । मोरङको बेलबारी १० स्थित भाउन्नेमा चैत १८ गते बेलुका १९७४ एडीको लाईभ कन्सर्ट हुने भएको छ ।

डाँगीहाट फुटबल क्लबकाे आयाेजनामा जिल्लामै पहिलोपटक सो ब्याण्डको कार्यक्रम हुन लागेको आयोजकले बेलबारी ३ स्थित ड्रिमल्याण्ड फनमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

खेलकुद सँगै बेलबारी नगरपालिकाको पर्यापर्यटनको बिकास र प्रचारप्रसार गर्ने ध्येयका साथ उत्त कार्यक्रम आयोजना गर्न लागिएको आयाेजक क्लबका अध्यक्ष छत्र लिम्बुले बताए । उनले कन्सर्टका लागि अनुमानित ३१ लाख ६६ हजार खर्च हुने उल्लेख गरे ।

कार्यक्रममा बेलबारीका स्थानीय जनप्रतिनिधिहरू,बेलबारीलाई प्रतिनिधित्व गर्दै बिभिन्न स्थानमा आफुलाई स्थापित गराउन सफल ब्यत्तित्वहरूलाई सम्मानका साथ ब्याण्डको प्रस्तुति रहने क्लबका सदस्य बिशाल ढकालले बताए ।

वि.स २०६६ सालमा दर्ता भएर विभिन्न खेलकुद र साङ्गितिक कार्यक्रम गरि समाजमा परिचान बनाउँदै आएकाे आयाेजक क्लबले ३ वटा गोल्डकपहरू सफल रूपमा सम्पन्न गरिसकेकाे छ । विभिन्न मितिमा १६ वटा जिल्लामा भएकाे गोल्डकपमा सहभागी भएर १६ वटै प्रतियाेगितामा प्रथम स्थान हासिल गर्न सफल भएको पत्रकार सम्मेलनमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्