जनगणनाबारे भ्रम नफैलाउन तथ्याङ्क कार्यालयको अनुरोध

<span class='c1'>जनगणनाबारे भ्रम नफैलाउन</span> <span class='c2'>तथ्याङ्क कार्यालयको अनुरोध</span>

काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएसँगै धर्मको बारेमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका समाचारप्रति राष्ट्रिय तथ्याङ्क कार्यालयको ध्यानाकर्षण भएको छ ।

सो कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी धर्मसम्बन्धमा विसं २०७८ को जनगणनाअनुसार विभिन्न धर्मको विवरण भनी केही सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका समाचार पूर्णरुपमा गलत, भ्रामक तथा अन्योल सिर्जना गर्ने खालका भएको र त्यस्तो भ्रामक समाचारको पछि नलाग्न सबैमा अनुरोध गरेको छ । जातजाति, भाषा र धर्मसम्बन्धी विवरणलाई अन्तिम रुप दिने कार्य भइरहेको र चाडैँ तथ्य विवरण सार्वजनिक गर्ने कार्यक्रम रहेको सो कार्यालयले जनाएको छ ।

“कार्यालयमा जातजाति, भाषा र धर्म सम्बन्धमा सरोकारवाला व्यक्ति तथा संस्थाबाट करिव ७० माग÷ध्यानाकर्षण पत्र दर्ता भएको छ, प्राप्त माग÷ध्यानाकर्षण पत्रको सन्दर्भमा विभिन्न व्यक्ति तथा संस्था, विज्ञ तथा संवैधानिक आयोगका प्रतिनिधिको संलग्नतामा छलफल भइरहेको छ, साथै जातजातिसँग सम्बन्धित संवैधानिक आयोग तथा भाषा आयोगसँग प्रत्यक्ष छलफल गरी सुझाव लिने कार्य भइरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।

यही चैत्र १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्