प्रदेशको नामाकरण खारेजीको माग गर्दै सुनसरीमा तोडफोड

प्रदेशको नामाकरण खारेजीको माग गर्दै सुनसरीमा तोडफोड

विराटनगर । प्रदेश नम्बर १ ले नाम पाएको आज एक महिना पुरा भएको छ । फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै कोशी प्रदेशका पहिचान पक्षधरहरु आन्दोलन चार्काइ रहेका छन् ।

कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै इटहरी उपमहानगरपालिका वडा नम्बर २० को कार्यालयमा आन्दोलनकारीहरूले तोडफोड समेत गरेका छन् ।

वडा कार्यालयमा तालाबन्दी गर्न गएका आन्दोलनकारीले तोडफोड गरेका हुन् । प्रदेश नम्बर १ पुन नामाकरण संयुक्त संघर्ष समितिले ताला लगाएर हिड्न साथ प्रहरीले ताला फोडेपछि झडप भएको थियो ।

आन्दोलनकारीले तरहरा प्रहरी चौकीको ना १ झ ६२० नम्बरको गाडी तोडफोड गरेका छन् । वडा कार्यालय भवनका सिसाहरु फुटेको छ भने डिजिटल बोर्ड समेत क्षती पुगेको  छ ।

पछिल्लो समय पहिचानको आधारमा प्रदेशको नामाकरण हुनुपर्ने माग राख्दै पहिचान पक्षधरले विभिन्न आन्दोलन गर्दै आइरहेको छ । आन्दोलनको क्रममा चैत्र ५ गते घाइते भएका पदम लिम्बू (लाजेहाङ) को उपचारको क्रममा मृत्यु समेत भएको छ । उनको शव अझै उठ्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्