आलटाल र टालटुलको प्रणालीले कुनै खदीलो परिणाम दिदैन : पूर्व राजा ज्ञानेन्द्र

आलटाल र टालटुलको प्रणालीले कुनै खदीलो परिणाम दिदैन : पूर्व राजा ज्ञानेन्द्र

विराटनगर । पूर्व राजा ज्ञानेन्द्र शाहले परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदीलो परिणाम नदिने बताएका छन् ।

आज (सोमबार) सुनसरीस्थित इनरुवामा आयोजना भएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रियता र राष्ट्र एकताको रक्षा गर्नु पर्नेमा जोड दिदै उनले राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनु पर्नेमा जोड दिए । उनले भने,‘ निश्चय पनि हामीले शान्ति, सु-व्यवस्था र सुशासनका माध्यमबाट चौतर्फि विकासको बाटो लाग्नु छ ।’

पूर्व राजा शाहले राष्ट्र नै ब्रम्ह रहेको र आफ्नो भू-भागका जनता नै विधाता रहेको बताएका हुन् । प्रकृति र यिनै प्राणीको बोध गर्नु अहंम धर्म रहेको बताउदै उनले व्यक्ति, परिवार, समूह, दल वा गुट उप गुटमा नअल्झिएर हामी र हाम्रो भन्ने सुहाउदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नु पर्नेमा जोड दिए । उनले इनरुवावासीले गरेको अभिनन्दन प्रति कृतज्ञता समेत व्यक्त गरेका छन् ।

‘सुनसरी जिल्लाको यो सुन्दर नगरी इनरुवामा भेला भएर तपाईहरुले राष्ट्रको हित चिन्तन गर्दै र आजका जनआकांक्षा तथा आवश्यकताहरुलाई औलाएर जुन प्रकारको अभिनन्दन भाव प्रकट गर्नु भएको छ, त्यसप्रति म कृतज्ञता व्यक्त गर्दछु ।’ उनले भने ।

सदासर्वदा स्वधिन रहेको र आफ्नै मौलिक मान्यताभित्र स्वाभिमान पूर्वक आधुनिकतातर्फ लागेको बताउदै उनले नेपाल सधैं राम्रो लाग्ने बताउदै उनले भने,‘नेपाल हामीलाई सधै प्यारो लाग्छ राष्ट्रको यही गौरव गाथा र राष्ट्रप्रतिको त्यही अघात प्रेम फेरी एकपटक यहाँ प्रकट भएको छ । ’
स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासन बिना हुन नसक्ने बताउदै उनले कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको समेत उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्