दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राहदानी विवादमा परेको मुद्दामा कानूनी प्रक्रियालाई सम्मान गरेर अघि बढ्ने बताउनुभएको छ ।
तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनमा पार्टीका तर्फबाट डा स्वर्णिम वाग्लेको उम्मेदवारी दर्तापछि आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले मुद्दाको सम्बोधन हुने भए पनि प्रतिशोध र षड्यन्त्र सम्बोधन गर्न नसकिने बताउनुभयो ।
“आज एउटा मुद्दा पर्छ, भोलि अर्को पर्छ, यो त षड्यन्त्र हो, भइरहन्छ”, लामिछानेले भन्नुभयो । कुनै मान्छेलाई लखेट्ने गरी गरिएको गलत प्रवृत्तिको विरोध गर्दै लामिछानेले मुद्दा लड्ने एउटा प्रक्रिया भएको र उक्त प्रक्रियामा सहभागी हुने बताउनुभयो । “कानूनी राज्यको प्रक्रियालाई सम्मान गर्दै त्यसमा सहभागी हुन्छु, कानूनी प्रक्रियाबाट भागेको मान्छे होइन”, लामिछानेले भन्नुभयो, “म त्यसबाट भागेको कहिले पो छु र ?”
लामिछानेले आग्रह पूर्वाग्रहका बारे अदालतले पनि बुझ्ने बताउँदै यो मुद्दा हो कि षड्यन्त्र हो अदालतले बुझ्नुपर्ने बताउनुभयो ।