दुहबीबाट जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी १० बर्ष पछि पक्राउ

दुहबीबाट जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी १० बर्ष पछि पक्राउ

सुनसरी । ईलाका प्रहरी कार्यालय दुहबीले जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादीलाई १० बर्ष पछी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा साविक औरावनी गाउँ विकास समिति हालको गढी गाऊँपालिका-२ का ३५ बर्षीय बिटोसन भनिने बिमल कुमार चौधरीलाई सोमबार गाउँघरबाट नै पक्राउ गरेको हो ।

जबरजस्ती करणी मुद्धामा सम्मानित जिल्ला अदालत सुनसरीको २०६९/०१/३१ गतेको फैसला आदेशले १० बर्ष कैद सजाय फैसला भएका चौधरीलाई गाउँघरबाट चैत २० गते प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेका चौधरीलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराईएकोमा तोकिएको कैद सजाय भुक्तानको लागी झुम्का कारगार पठाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्