भूगोल इनर्जी डेभलपमेन्टको आईपीओ खुल्यो

<span class='c1'>भूगोल इनर्जी डेभलपमेन्टको</span> <span class='c2'>आईपीओ खुल्यो</span>

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको ३० प्रतिशतले दरले हुन आउने १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १०० रूपैयाँ अंकित दरको १६ लाख ३२ हजार १६० कित्ता सेयर निष्कासनमा ल्याएको हो । जस मध्ये १० प्रतिशत अर्थात ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४४ हजार ५३ कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गरेकोमा ८५ हजार २० कित्ता सेयर मात्रै बिक्री भएको थियो ।

यस्तै कम्पनीको जारी पूँजीको २० प्रतिशत अर्थात १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका १० लाख ८८ हजार १०७ कित्ता सेयर मध्ये १ लाख ८ हजार ८११ कित्ता साधारण सेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली तथा कर्मचारीहरुका लागि एवम् ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ ।

स्थानीयलाई बिक्री नभएको सेयर सहित सर्वसाधारणको लागि १३ करोड ४६ लाख ९९ हजार ३०० रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका १३ लाख ४६ हजार ९९३ कित्ता सेयर निष्कासनमा ल्याएको हो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्