हल्का वर्षाको सम्भावना

<span class='c1'>हल्का वर्षाको</span> <span class='c2'>सम्भावना</span>

काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश भेगमा बदली हुनका साथै अपराह्नतिर हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका कर्णाली, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ । राति कोशी, मधेस, बागमती र कर्णाली प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्य रहने छ ।

कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्